Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


मन्त्री भट्टद्वारा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको अनुगमन


0
Shares

बर्दिया, मंसिर ६ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बर्दियाको राजापुरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शनिबार अनुगमन गर्नुभएको छ ।

अनुगमनका क्रममा मन्त्री भट्टले राजापुरमा रहेको आधुनिक चामल कारखानामा बिग्रेको अवस्थामा रहेको ड्रायर मेसिन पुनः सञ्चालनमा ल्याउन आफूले सहयोग गर्ने भन्दै तीनओटै तहबाट तीन लाख मेट्रिकटन खाद्यान्न मौजुदा अवस्थामा राखिने बताउनुभयो ।

किसानहरुको मुख्य समस्या रासायनिक मलको अभाव रहेको भन्दै उहाँले आपूर्तिका लागि बंगलादेशसँग सम्झौता भइसकेको र चाँडै नै उपलब्ध गराउने आश्वासन दिनुभयो ।

अनुगमनमा लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य दिपेश थारु, राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरीलगायत सहभागी हुनुहुन्थ्यो ।

Skip This