१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पार्टी विचार र पद्धतिमा चल्छ : दाहाल


0
Shares

prachanda politics

काठमाडौं, मंसिर ६ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चर्किरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी विचार र पद्धतिमा चल्ने अभिव्यक्ति दिनुभएको छ ।

उहाँले गएको कात्तिक २८ गतेको सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकारको प्रभावकारी नेतृत्व नगरेकाले दुवै पदबाट राजीनामा दिनुपर्ने आशयसहित प्रस्तावपत्र प्रस्तुत गर्नुभएको थियो ।

नेकपाको विवाद झन् उत्कर्षमा पुगेका बेला उक्त प्रस्ताव पेस गरेपछि दाहालको पछिल्लो अभिव्यक्ति आएको हो ।

उहाँले शनिबार सामाजिक सञ्जाल फेसबुकमा पार्टी मुख्यतः विचार–राजनीति र विधि–पद्धति गरी दुई आधारमा चल्ने बताउनुभएको छ ।

पार्टीभित्र अध्यक्षद्वयबीच पत्र–युद्धको स्थिति आएको विश्लेषण हुन थालेको छ ।

अर्को सचिवालय बैठकमा दुई अध्यक्षको संयुक्त प्रस्ताव ल्याउने पहल पनि भइरहेको छ ।

https://www.facebook.com/prachanda.nepal/posts/2815655465338630