
माधवकुमार नेपाल । फाइल तस्वीर ।
काठमाडौं, मंसिर ६ । सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले चितवनको राप्ती नगरपालिकामा पूर्वमन्त्री तथा पार्टी स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेविरूद्ध नाराबाजी गर्नेहरूलाई कारबाहीको माग गर्नुभएको छ ।
चितवनको राप्ती नगर कमिटीको बैठक चलिरहँदा शनिबार पाण्डेविरूद्ध नेकपाकै कार्यकर्ताले नाराबाजी गरेका थिए ।
नेता नेपालले विज्ञप्ति जारी गरेर नाराबाजी गर्नेको भर्त्सना गर्नुभएको छ ।
उक्त कार्य गर्ने र गराउने जोसुकै भएपनि छानबिन गरी कडाभन्दा कडा कारबाही गर्न स्थानीय पार्टी एवं सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराएको उहाँको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्