
फाइल तस्वीर ।
काठमाडौं, मंसिर ६ । सत्तारुढ दल नेकपाका वरिष्ठ नेता झलनाथ खनालले चितवनमा पार्टी स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेविरूद्ध भएको नाराबाजीको भर्त्सना गर्नुभएको छ ।
शनिबार चितवनको राप्ती नगर कमिटीको बैठक चलिरहँदा पाण्डेविरूद्ध नेकपाकै कार्यकर्ताले नाराबाजी गरेका थिए ।
नेता खनालले शनिबारै एक विज्ञप्ति जारी गरी उक्त कार्यमा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षण गराउनुभएको छ ।
पार्टीमा आन्तरिक विवाद उत्कर्षमा पुगेको र त्यसको सही समाधान गर्न उपायहरु खोजी भइरहेको परिस्थितिमा घट्ने यस्ता घटनाहरुले स्थितिलाई झन् उत्तेजित बनाउनेतर्फ सचेत रहन पनि उहाँले नेता–कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्