
काठमाडौं । ग्वाटेमालामा प्रदर्शनकारीहरुले संसद भवनमा आगजनी गरेका छन् ।
राजधानी ग्वाटेमाला शहरमा रहेको संसद खाली रहेको समयमा विपक्षी प्रदर्शनकारीहरुले आगजनी र तोडफोड गरेका हुन ।
विपक्षीहरुले संसदबाट पारित भएको बजेटको विरोध गरेका छन् । उनीहरुले राष्ट्रपति अलेक्जेन्ड्रो जियाम्माटेनीको राजीनामा समेत मागेका छन् ।
बजेटले सरकारसंग नजिक रहेका कम्पनीहरुलाई ठूला संरचनाका आयोजना संचालन गर्ने गरि प्राथमिकता दिएको र कोरोनाका कारण सामाजिक र आर्थिक क्षेत्रमा परेको प्रभावका सम्बन्धमा कुनै ध्यान नदिएको आरोप लगाएका छन् ।
ग्वाटेमालामा हालैमा समुद्री आंधीका कारण ठूलो जनधनको क्षति भएको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्