२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सिन्धुपाल्चोकमा ७ सय ४७ जना कोरोना संक्रमित, १५ को मृत्यु


0
Shares

काठमाडौं । सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ७ सय ४७ पुगेको छ ।

शनिबार एकैदिन ३८ जनामा संक्रमण पुष्टि भएसँगैं जिल्लामा संक्रमितको संख्या ७ सय ४७ पुगेको हो ।

हिजो इन्द्रावतीमा १, चौतारा साँगाचोकगढीमा १२, जुगल १, बलेफि ७, बाह्रबिसे १, भोटेकोसी २, मेलम्ची ५, लिसंखुपाखर १, सुनकोसी र हेलम्बु एक एक र सम्पर्क हुन नसकेका ६ गरी एकैदिन ३८ संक्रमित भएका जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

हालसम्म ३ सय ९६ निको भएर घर फर्केका छन् भने ३ सय ३६ जना उपचार गराइरहेका छन् । जिल्लामा होम आइसोलेसनमा १ सय ३१ जना संक्रमित बसेका छन् ।

हालसम्म जिल्लाका १५ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । कोरोनाबाट मृत्यु हुने देशकै पहिलो संक्रमित सिन्धुपाल्चोककी हुन् ।