
रसुवा । पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा आजबाट होटलहरु संचालनमा आएका छन् ।
जिल्लामा कोरोना संक्रमितको संख्या घटेसँगै कार्तिक १८ गतेदेखि बन्द होटल, लज तथा चियापसलहरु संचालनमा आएका हुन् ।
पदमार्गको रिम्छे, रिभर साइड, घोडा तबेलालगायतका क्षेत्रमा रहेका होटल, लज तथा चिया पसल सञ्चालनमा आएको गोसाइँकुण्ड गाउँपालिका–४ को वडा कार्यालयले जनाएको छ ।
कार्तिक १८ अघि लाङटाङ क्षेत्रमा दैनिक ६० जनासम्म आन्तरिक पर्यटक पुग्ने गरेका थिए ।
महमारीका कारण पर्यटकीय गतिविधि शून्यप्रायः रहेको लाङटाङमा असोजदेखि भने पर्यटकहरुको चहलपलह सुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्