
काठमाडौं । भोटेकोशीका काङ्लाङवासीले स्वास्थ्य सेवा लिन चार घण्टाको पैदल हिड्नुपर्ने बाध्यता हटेको छ ।
भोटेकोशी गाउँपालिका १ काङ्लाङमा काङ्लाङ इकाइ स्वास्थ्य चौकीको उद्घाटन भएसँगै स्वास्थ्य सेवा लिन चार घण्टा हिड्नुपर्ने बाध्यता हटेको हो ।
गाउँमा स्वास्थ्य चौकी नहुँदा गाउँवासी लिस्तीकोट अथवा चाकू उपचारका लागि पुग्नुपर्ने बाध्यता थियो । अब गाउँवासीले आफ्नै गाउँमा स्वास्थ्य सुविधा पाउने भएका छन् ।
शनिबार इकाई स्वास्थ्य चौकीको उद्घाटन वाग्मती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले गर्नुभएको छ ।
योसँगै अब लिस्तीका विकट गाउँवासीले गाउँमै उपचार पाउने गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो ।
प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम र र संघीय सरकार विशेष अनुदानबाट १ करोड लागतमा काङ्लाङमा स्वास्थ्य चौकी निर्मााण भएको हो ।
गाउँपालिका अध्यक्ष पौडेलका अनुसार यो चौकीबाट गाउँवासीले घाउ जाँच, गर्भवती चेक, ओपिडी चेक, खोप सञ्चालन, गाउँघर क्लिनिकलगायत सेवा लिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्