
काठमाडौं । नेपालमा कोरोनाका कारण थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङका दुई र झापाका एक जना छन् ।
दाङका दुई जना पुरुषको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
केही समयदेखि उच्च रक्तचापको समस्या रहेका घोराहीका ६७ वर्षीय पुरुषलाई कात्तिक २६ गते संक्रमण पुष्टि भएको थियो ।
यस्तै तुलसीपुरका ६८ वर्षीय पुरुषको स्वास्थ्य समस्या आएपछि मंसीर ४ अस्पताल भर्ना भएपछि संक्रमण पुष्टि भएको थियो ।
उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । उनमा केही समयदेखि मधुमेहको समस्या थियो ।
उता, झापाको मेचीनगर बाहनडाँगीका ४५ बर्षिय पुरुषको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।
मंसिर १ गते संक्रमण पुष्टि भएका उनकोे स्वास्थ्यमा समस्या आएपछि मंसिर ३ गते प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्