
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई प्रभावशाली नेताहरु काठमाडौंबाट पक्राउ परेका छन् ।
पार्टीका अर्थ विभाग प्रमुख एवं पोलिटव्युरो सदस्य प्रेम दर्नाल (विकल्प) र अर्थ विभाग सदस्य सन्जीव नेपाली (सुवर्ण)लाई नख्खु क्षेत्रबाट पक्राउ गरिएको हो ।
नख्खु क्षेत्रमा व्यवसायीहरुसँग बैठक बसिरहेको बेला उनीहरुलाई पक्राउ गरिएको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले पुष्टि गर्नुभएको छ ।
उहाँले पार्टीको केन्द्रीय आर्थिक नीति र योजनाअन्तर्गत आर्थिक कार्यमा क्रियाशील उनीहरुलाई जबर्जस्ती चन्दा असुली र धम्कीको मिथ्या अभियोग लगाइएको दाबी गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्