
काठमाडौं । कैलालीमा चाड पर्व लक्षित गरि सञ्चालन गरिएका सुपथ मूल्य पसल हिजोबाट बन्द गरिएको छ ।
हिजो अन्तिम दिन पनि पसलहरुमा उपभोक्ताको बाक्लो भिड लागेको थियो ।
असोज १५ गतेदेखि सञ्चालनमा आएको पसलबाट १ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको साल्ट ट्रेडिङ कर्पाेरेशन धनगढी शाखाले जनाएको छ ।
चाडपर्वको समयमा सुपथ मूल्य पसलबाट ४० हजार बढी उपभोक्ताले लाभ लिएका छन् ।
अन्य पसलमा भन्दा सस्तोमा खाद्य वस्तु उपलब्ध हुने भएकाले यो पसल चाडपर्वको समयमा मात्र नभएर अरु समयमा पनि सञ्चालन गरिनुपर्ने उपभोक्ताको माग छ ।
यस वर्ष सुदूरपश्चिमको धनगढी र अत्तरियामा मात्रै सुपथ मूल्य पसल सञ्चालनमा आएको थियो ।
सुपथ मूल्य पसललाई अव भने स्थायी बिक्री केन्द्रका रूपमा राख्ने योजना अनुसार काम भइराखेको साल्ट टे«डिङ कर्पाेरेसनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्