१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्फोट, विराटनगरमा प्रहरीमाथि आक्रमण भएपछि हवाई फायर


26
Shares

उदयपुर । ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्फोट भएको छ । आज विहान कार्यालयको हेल्प डेस्क रहेको स्थानमा विस्फोट भएको हो ।

विस्फोटको कारण कार्यालयको दुईवटा कोठामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिनुभएको छ ।

यस्तै, कार्यालयको गेटमा समेत शंकास्पद वस्तु फेला परेको छ । सो वस्तु विस्फोटक पदार्थ हुनसक्ने आशंकामा प्रहरीले डिस्पोजको तयारी गरिरहेको छ ।

यता, भारतबाट तस्करले भित्र्याएकोे सामान नियन्त्रणमा लिने क्रममा विराटनगरमा प्रहरीले हवाई फायर गरेको छ ।

विराटनगर महानगरपालिका–१७ मटेरुवामा समान नियन्त्रणमा लिने क्रममा प्रहरीलाई करिब १० जनाले हातपात गर्दा प्रहरीले एक राउण्ड हवाई फाएर गरेको हो ।

प्रहरीले एक बोरा बेल्टसहित ३३ वर्षीया रविना खातुनलाई पक्राउ गरेको मोरङका प्रहरी प्रमुख सन्तोष खड्काले जनाकारी दिनुभएको छ ।