
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज(सोमबार) प्रदेश १ का दुई जिल्ला ताप्लेजुङ र इलाममा हुने कार्यक्रममा सहभागी हुन जाँदै हुनुहुन्छ ।
ताप्लेजुङमा एउटा स्वास्थ्य चौकीको उद्घाटन गर्न प्रधानमन्त्री ओली हेलीकोप्टरमार्फत घुन्सा जान लाग्नुभएको थियो ।
आजै प्रधानमन्त्री ओली इलाम पुग्नुहुनेछ । प्रधानमन्त्री ओलीले इलामको सन्दकपुरमा सीमा सुरक्षामा खटिएको शसस्त्र प्रहरीको बोर्डर आउट पोष्टको निरिक्षण गर्ने कार्यक्रम छ ।
दोस्रो पटक मिगौंला प्रत्यारोपण गराएपछि प्रधानमन्त्री ओलीले प्रदेश १ को भ्रमणमा निस्कनुभएको यो दोस्रो पटक हो । यसअघि उहाँले संखुवासभाको भ्रमण गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्