२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पेन्सन बुझ्न झुलाघाट नाका खोलियो


0
Shares

बैतडी । भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि ५ दिनका लागि खोलिएको छ ।

भारतीय पेन्सनधारी नेपाली नागरिकको समस्यालाई ध्यानमा राखेर नाका खोलिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जनाकारी दिनुभयो ।

कोरोना भाइरसका कारण गत चैत्र देखि नाका भएसँगै पेन्सनधारीले पेन्सन बुझ्न पाएका थिएनन् ।

नाका खुला भएको समयमा दुवै पक्षको समन्वयमा अत्यावश्यक र आकस्मिक काम परेकाहरुलाई पनि आवतजावत गर्न दिइने छ ।

नाका खुलेसँगै पेन्सन बुझ्ने नागरिक खुसी हुँदै झुलाघाट पुगेका छन् । बैतडीमा १ हजार २ सय बढी भारतीय पेन्सनधारी नागरिक छन् ।

उनीहरुले भारतीय बैंकमार्फत आफ्नो पेन्सनवाफतको पैसा बुुझ्ने गरेका छन् ।