
काठमाडौं । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले बृहत चलचित्र सम्बन्धी अन्तरकृया कार्यक्रम गरी आफ्नो आगामी दिनको कार्ययोजनाहरु सार्वजनिक गरेको छ ।
कोरोना महामारीका कारण कारणले सुस्ताएको चलचित्र उद्योग लाई चलायमान गराउने उदेश्यले आगामी २०७८ बैशाखमा नेपाली चलचित्र महोत्सव आयोजना गर्ने भएको छ ।
प्रदेश न १ नेपाली चलचित्र क्षेत्रको एउटा प्रमुख बजार र छांयाकनको लागि एकदमै उपयुक्त स्थान भएकोले यहाँको चलचित्रकर्मीहरुलाई उत्साहित गराउँदै प्रदेश न १ को पर्यटकिय स्थानलाई प्रवद्र्धन गर्ने उद्देश्यले नै चलचित्र महोत्सव आयोजना गर्न लागिएको हो ।
महोत्सवमा प्रदेश न १ का चलचित्रकर्मीहरुलाई प्रोत्साहित गर्नको लागि प्रदेश १ मा बनेका कथानाक चलचित्रहरु, छोटो चलचित्रहरु लागि छुट्टै तथा नेपालमा बनेका अन्य कथानाक चलचित्रहरु र छोटो चलचित्रहरुको छुट्टै बिधा अन्तर्गत राखेर चलचित्रहरु प्रदर्शन गर्ने योजना रहेको छ ।
महोत्सवमा अग्रज चलचित्रकर्मीहरुलाई सम्मान पनि गरिने भएको छ । प्रदेश १ का चलचित्रकर्मीहरुको जानकारी समेटिएको चलचित्र स्मारिका पनि विमोचन गर्ने तयारी छ । साथै चलचित्र सम्बन्धी कार्यशाला गर्ने योजना रहेको महासंघका अध्यक्ष अरुण कुमार प्रधानले जानकारी गराउनुभयो ।
गतबर्ष स्थगित रहेको महोत्सवलाई प्रत्न्येक बर्ष आयोजना गरेर निरन्तरता दिने योजना रहेको पनि अध्यक्ष प्रधानले जानकारी दिनुभयो ।
कार्यक्रमका लागि महासंघसँग अहिलेसम्म १३ वटा बिभिन्न पेशागत संघ, संस्था आबद्ध रहेको महासचिव दिनेश कोईरालाले जानकारी गराउनुभयो ।
कार्यक्रममा बोल्दै महासंघका वरिष्ठ सल्लहकार तथा नेपाल चलचित्रकर्मी संघ प्रदेश १ का संयोजक परशुराम चौधरीले पार्टीगत चलचित्रको संस्था फरक फरक भएपनि नेपाल चलचित्रकर्मी महासंघले कुनै पार्टीको झन्डा नबोकाले स्वतन्त्र ढंगले अघि बढ्नुपर्ने बताउनुभयो ।
प्रमुख अतिथी बरीश्ठ अग्रज कलाकार पुष्प श्रेष्ठले यसरी स्थापना भएको महासंघमा आफु पनि आबद्ध भएर अघी बढने र अन्य प्रदेश १ का चलचित्रकर्मी हरु पनी यसै महासंघमा आबद्ध भएर नै अघी बढदा राम्रो हुने सुझाव दिनुभयो ।
निर्माता संघका केन्द्रिय सदस्य ज्योतिराज राईले अहिले प्रदेश महासंघले गरेको गतिविधिले नेपाली चलचित्र क्षेत्रमा नै एउटा तरंग पैदा गरेकाले सबै एक भएर अघि बढ्नुपर्ने बताउनुभयो ।
सोही अवसरमा नगेन्द्र राइको अध्यक्षतामा नृत्यकर्मी संघ प्रदेश न १ पनि गठन भएको थियो । त्यसैगरी लाकमान योन्जनको संयोजकत्वमा चलचित्र निर्माता संघ साथै भीम लामाको संयोजकत्वमा आदिवासी जनजाति चलचित्रकर्मी संघ स्थापना गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्