
चितवन । तस्करले गैँडा मारेको फेला परेपछि चितवन राष्ट्रिय निकुञ्जमा नेपाली सेनाले स्वीप अप्रेशन तीव्र पारेको छ ।
निकुञ्ज कर्मचारी र नेपाली सेनाको बटुक दल गणले विगत १ महिनादेखि सुरु गरेको विशेष अभियान तीव्र पारेको हो ।
हात्ती, डुङ्गा, गाडी, साइकल र पैदल गस्तीसहित स्वीप अप्रेशन अझै एक महिना जारी रहने नेपाली सेनाको बटुक दल गणका गणपति अरुण श्रेष्ठले जानकारी दिनुभयो ।
विगतका वर्षमा अधिकांश चोरीशिकारीका घटना यसै मौसममा हुने गरेको तथ्यांकले देखाएको छ । पोष्ट नभएका क्षेत्रमा रातमा पोष्ट खडा गरी बस्ने काम पनि गरिएको छ ।
सेनाले निकुञ्जको कोर इलाकामा पर्ने नारायणी नदीको लामिचौर र डुंगाघाट क्षेत्रबाट माछा मार्नको लागि छाप्रो बनाई बन्दोबस्तीका साथ बसेका ३१ जना मानिसहरुलाई पक्राउ गरी निकुञ्ज प्रशासनलाई बुझाएको छ ।
प्रतिक्रिया दिनुहोस्