
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई पक्षबीच झडपका क्रममा पर्साका मुकेश चौरसिया हत्याका मुख्य अभियुक्त पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले विन्दवासिनी गाउँपालिका ३ इटियाही बस्ने अखिलेप्रसाद चौरसिया भन्ने अशेसर चौरसियालाई पक्राउ गरेको हो ।
गत कात्तिक ६ गते विन्दवासिनी ५ प्रसौनी गाउँस्थित सेलर मिलको भवनमा नेकपा गाउँ कमिटिद्वारा आयोजित सपथग्रहण कार्यक्रमस्थलमा झडपका क्रममा चौरसिया घाइते भएका थिए ।
उनको उपचारका क्रममा ७ कात्तिकमा निधन भएको थियो। चौरसियालाई वीरगन्ज महानगरपालिका २५ स्थित अलौ सिर्सियाबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्