१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


बाइडेनले ल्याए जोन केरीलाई जलवायु परिवर्तन विभाग प्रमुखमा, जानेट एलेनलाई अर्थ मन्त्रालयको जिम्मेवारी


0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनले अमेरिकी पूर्व विदेशमन्त्री जोन केरीलाई जलवायु परिवर्तन विभागको प्रमुख बनाउने निर्णय गर्नुभएको छ ।

यसैगरी अमेरिकी विदेशमन्त्रीको जिम्मेवारी एन्टनी ब्लिंकेनलाई दिने निर्णय गर्नुभएको छ ।

५८ वर्षीय एन्टनी विगत लामो समयदेखि बाइडेनका सल्लाहकारको रुपमा रहनुभएको छ ।

आगामी जनवरीमा राष्ट्रपति पद सम्हाल्न लाग्नु भएका बइडेनले नेशनल इन्टेलिजेन्सको प्रमुखको जिम्मेवारी अवरिल हेन्सलाई दिने घोषणा गर्नुभएको छ ।

यसैगरी, उहाँले अमेरिकी इतिहासमै पहिलो पटक ल्याटिनो (क्यूबियन) मूलका एलेक्ज्यान्ड्रो मायोर्कासलाई होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टको जिम्मेवारीमा ल्याउनुभएको छ ।

यस्तै, नेशनल इन्टेलिजेन्स प्रमुखमा एभ्रिल हइन्स, ट्रेजरी सेक्रेटरीमा (अर्थ मन्त्री) जानेट एलेन, संयुक्त राष्ट्रसंघको राजदूतमा लिन्डा थोमस ग्रिनफिल्ड, नेशनल सेक्युरिटी एडभाइजरमा जाक सुलीभानलाई नियुक्त गरिने भएको छ ।

यी सबै नाममा सीनेटको अनुमोदन जरुरी पर्दछ । यी क्षेत्र र अनुहार हेर्दा बाइडनको मन्त्रिपरिषद निकै विविधतामूलक हुने देखिन्छ ।

आफनो टीम घोषणा गर्ने क्रममा जो बाइडेनले आफनो टीममा रहने नयाँ अनुहारहरुले अमेरिकालाई हरेक क्षेत्रबाट विश्वकै उच्च विन्दुमा पुर्याउने विश्वास ब्यक्त गर्नुभयो ।

जलवायु प्रमुखको जिम्मेवारी दिने निर्णय लगत्तै जोक केरीले ट्वीट गर्दै बाइडेनले आफुलाई सहयोगीको रुपमा राख्न चाहेको भन्दै जलवायुको क्षेत्रमा देखिएइको संकट समाधान गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।(एजेन्सी)