१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कक्षा १२ को परीक्षा सुरु : स्वास्थ्यसम्बन्धी मापदण्डमा कडाइ


0
Shares

काठमाडौं । कोरोनाका कारण गत वैशाखमै हुनुपर्ने कक्षा १२ को परीक्षा आज(मंगलबार)बाट सुरु भएको छ ।

देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थी सहभागी हुँदैछन् । बिहान ८ बजेदेखि साढे एक घण्टा मात्र संचालन हुने परीक्षाका लागि चार हजार एकसय विद्यायलमा केन्द्र तोकिएको छ ।

परीक्षा संचालका लागि सरकारले तोकेको स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरिएको छ ।

परीक्षामा सहभागी हुने विद्यार्थीको अनिवार्य रुपमा ज्वरो नाप्ने व्यवस्था गरिएको छ ।

विद्यार्थीले परीक्षा हलमा बस्दा मास्क लगाउनुपर्ने छ । परीक्षा बोर्डले एउटा कोठामा दुई मिटरको दूरीमा २० जना मात्र परीक्षार्थी राख्ने व्यवस्था गरेको जनाएको छ ।

यसैबीच शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले स्वास्थ्य सम्बन्धी तोकिएका मापदण्ड पूरा गरी ढुक्कसँग परीक्षा विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ ।

शुभकामना दिँदै मन्त्री पोखरेलले परीक्षामा सामेल हुन लागेका विद्यार्थीहरुलाई कोरोना सम्बन्धी मापदण्ड सही ढंगले पालना गर्न र ढुक्क भएर परीक्षा दिन अनुरोध गर्नुभएको हो ।

मन्त्री पोख्रेलले परीक्षा केन्द्रमा आउँदा–जाँदा र घरमा रहँदा आवश्यक सचेतना अपनाउन पनि अनुरोध गर्नुभएको छ ।

उहाँले सही ढंगले मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, बेलाबेलामा साबुन पानीले हात हुने जस्ता सामान्य कुरा पनि पालनामा हेलचेक्राइँ गर्दा महामारी गहिरिएकाले सचेत रहन आग्रह गर्नुभएको छ ।