१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मर्यादित रोजगारी आजको आवश्यकताः ट्रेड युनियन उपाध्यक्ष यादव


0
Shares

काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादवले युवा श्रमिकहरु अस्वस्थ काम गर्न बाध्य रहेको उल्लेख गर्नु हुँदै मर्यादित रोजगारी हुनु पर्ने बताउनु भएको छ ।

सोमबार युनियनको युवा समितिले आयोजना गरेको कोभिड-१९ महामारीमा रोजगार नीति र सामाजिक संरक्षण विषयक गोष्ठीमा यस्तो विचार राख्नु भएको हो ।

कोभिड-१९ का कारण बढी श्रमिक त्यसमा पनि युवा श्रमिक सबैभन्दा बढि प्रभावित रहे पनि सरकारले ठोस कार्यक्रम ल्याउन नसक्दा कष्टकर जिवन बिताउन बाध्य रहेको बताउनु हुँदै प्रधानमन्त्री रोजगार कार्यक्रम समेत राष्ट्रिय अन्तर्राष्ट्रिय श्रम कानुन बमोजिम सुविधा नदिई श्रम शोषण भईरहेकोले आगामी दिनमा योजना बनाई मर्यादित र दीर्घकालीन रोजगारीको सृजना गराउनु पर्ने उहाँको जोड थियोे ।

कार्यक्रममा उपाध्यक्ष तेजेन्द्रजंग कार्कि, महासचिव योगेन्द्र कुँवर र कोषाध्यक्ष मोहनकुमार बस्नेतले कोभिड-१९ का कारण धेरै युवा श्रमिकहरु रोजगारी विहिन भएकोले राज्यले तत्काल सम्बोधन गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव युवराज खतिवडाले ” युवा रोजगार तथा सामाजिक संरक्षण नीति तथा कार्यक्रम ” र डब्लुएसएमका एसिया प्यासिफिक कार्यक्रम संयोजक ब्रोनोले युवा,रोजगार तथा सामाजिक संरक्षणका सिद्धान्त एवं मापदण्डबारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा सहभागी युवाहरूले स्वदेशमै मर्यादित र दीर्घकालीन रोजगारी सृजना भए कोहि पनि विदेश नजाने तर्क राख्नु भएको थियो ।