
मोरङ । कोरोना संक्रमणका कारण आज सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ ।
सशस्त्र प्रहरी गण ३ नम्बर हेड क्वाटर मोरङमा कार्यरत ३२ वर्षीय प्रहरी निरीक्षकको विराट मेडिकल कलेजम मृत्यु भएको हो ।
गत २६ कात्तिक राति ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएकाले उनलाई अस्पताल भर्ना गरिएको थियो। २७ कात्तिकमा उनको कोरोना संक्रमण पुष्टी भएको थियो।
तेह्रथुम घर भएका उनी १० वर्षदेखि सशस्त्र प्रहरीमा थिए।
प्रतिक्रिया दिनुहोस्