१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बेलायतबाट हजुरआमाका लागि नातिनी दिप्ताको सांगीतिक उपहार


0
Shares

काठमाडौं । बेलायत निवासी दिप्ता थापाको स्वरमा सजिएको ‘यो जिन्दगी’बोलको नयाँ गीतको सार्वजनिक भएको छ ।

म्युजिक भिडियो समेत बनेको गीत बेलायतका लागि नेपाली राजदूत डा दुर्गा वहादुर सुवेदी दुबसुले एक समारोहका बिच सार्वजनिक गर्दै गायिका दिप्ताको सांगीतिक करियर सुखद होस् भन्दै शुभकामना ब्यक्त गरे ।

शिखर सन्तोषको संगीत रहेको गीतमा सन्जित देउजाको शब्द रहेको छ । गीतको भिडियो पनि गायिका दिप्तानै देखिएकी छन् ।

जसको कोरियोग्राफी उनकै आमा सुनिता गौतमले गरेकी छन् । भिडियोमा छायाँकन, सम्पादन र निर्देशन कुशल श्रेष्ठको रहेको छ ।

गीत र भिडियोले प्रवासमा हुर्किएका नयाँ पुस्तालाई नेपाली गीतसंगीतमा लाग्न साथै कला, संस्कृतिको संरक्षणमा गर्न प्रेरित गर्ने विश्वास आफुमा रहेको गायिका दिप्ताले बताइन् ।

गायिका दिप्ताले प्रवासबाट हजुर आमाको लागि आफुले सांगीतिक उपहार स्वरुप यो भिडियो सार्वजनिक गरेको समेत बताएकी छिन् ।

भिडियो