२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


सुनको मूल्य तोलामा १८ सयले घट्यो


0
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा १८०० रुपैयाँले घटेको छ ।

मंगलबार छापावाल सुनको मूल्य घटेर तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ।

यसैबीच मंगलबार चाँदीको मूल्यमा पनि तोलामा ३० रुपैयाँ घटेको छ । सोमबार तोलामा १२१० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा ११८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।