२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


चलचित्र क्षेत्र सञ्चालन गर्ने अनुमति दिन माग


0
Shares

काठमाडौं, मंसिर ९ । चलचित्रकर्मीहरुले मनोरञ्जनका क्षेत्रलाई सञ्चालनको अनुमति दिन सरकारसँग माग गरेका छन् ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले चलचित्र क्षेत्रलाई सञ्चालन गर्ने अनुमति दिन सरकारसँग माग गर्नुभयो ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि ‘लकडाउन’ भएपछि बन्द रहेका अधिकांश क्षेत्र अहिले खुलेपनि चलचित्र क्षेत्र खुल्न सकेको छैन ।

त्यसैले चलचित्र छायांकन पनि प्रभावित भएको र यसबाट हजारौंको संख्यामा रहेका कलाकारहरुको जीविकोपार्जनमा समस्या भएको भन्दै अध्यक्ष अधिकारीले उपयुक्त व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभएको हो ।

सरकारले बजेटमार्फत् चलचित्र क्षेत्रलाई समेट्न नसकेपनि नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमार्फत् समेटिएको तर अहिलेसम्म फाइदा लिन नसकेको उहाँले बताउनुभयो ।

चलचित्र क्षेत्र बन्द हुँदा कलाकार, स्रष्टा–सर्जकहरुलाई समस्या भइरहेको जानकारी अर्थ मन्त्रालयमा समेत गराइसकेको उहाँले बताउनुभयो ।

सरकारले चलचित्र क्षेत्रलाई सञ्चालन गर्न दिए जनस्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न आफूहरु तयार रहेको पनि अधिकारीले बताउनुभयो ।