
काठमाडौं । बर्दिबासमा ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको भन्दै गरिएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ ।
बर्दिबास–१ का बुद्धिराज न्यौपानेको उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको हो ।
उनको बलात्कारपछि हत्या भएको भन्दै आफन्त तथा स्थानीय बासिन्दाले दोषीलाई कडा कारबाही गर्नुपर्ने मागसहित शव सडकमा राखेर प्रदर्शनमा उत्रिएका थिए ।
भिड नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएका न्यौपाने र बर्दिबास–५ का श्याम कार्कीलाई उपचारका लागि मंगलबार दिउँसो हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।
काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । हत्या गरी बोरामा कोचेर फालिएको अवस्थामा स्थानीय गुलबसा खातुनको शव मंगलबार बिहान बर्दिबास–१४ स्थित उनको घरनजिकै फेला परेको थियो । बालिका दुई दिनदेखि बेपत्ता थिइन् ।
प्रतिक्रिया दिनुहोस्