
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा काँग्रेस कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।
आज बिहान तिनाउ पुल नजिकै पौडेल सवार गाडीलाई नेपाल विद्यार्थी संघ र तरुण दल रुपन्देहीले कालो झण्डा देखाएका हुन् ।
उनीहरुले पदसँग प्रदेश राजधानी साटेको भन्दै कालो झण्डा देखाएको बताएका छन् । रुपन्देहीको विभिन्न आयोजनाहरुको अनुगमन गर्न पौडेल त्यसतर्फ पुग्नुभएको हो ।
लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवल थियो । अर्थमन्त्री पौडेलको सक्रियतामा राजधानी दाङ सारिएको भन्दै विरोध गरेको नेविसंघका नेता छाँया पोखरेलले बताउनुभयो ।
यसअघि काँग्रेस कार्यकर्ताले मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा हानेका थिए ।


प्रतिक्रिया दिनुहोस्