१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


वर्तमान सरकार ५ वर्ष टिक्छः मन्त्री पौडेल


0
Shares

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले केपी ओली नेतृत्वको सरकार ५ वर्ष टिक्ने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र मच्चिएको आन्तरिक कलहका बीच अर्थमन्त्रीको यो भनाई आएको हो ।

रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको पर्रोहा माविको नवनिर्मित भवन उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले अस्थिरता हुन्छ कि भनेर आशंका नगर्न सुझाउँदैं वर्तमान सरकार नै ५ वर्ष टिक्ने बताउनुभएको हो ।

उहाँले जनताको जनादेश अनुसार नै सरकारले काम गर्ने बताउनुभयो ।

यसैबीच मन्त्री पौडेलले रुपन्देहीको सैनामैना नगरलाई आधुनिक र व्यवस्थित शहरका रुपमा विकसित गरिने बताउनुभयो ।

नगरको विकासका लागि गौरवका आयोजनाको काम धमाधम भइरहेको र त्यसमा बजेटको अभाव नहुने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

सैनामैना चक्रपथ, ढल प्रशोधन केन्द्र निर्माण, ज्येष्ठ नागरिक ग्राम, बौद्धकालीन सङ्ग्रहालय, लामीरह उच्चबाँध, कृषिउपज केन्द्र तथा खेल मैदान निर्माणकोे काम भइरहेको र सम्पन्न भएपछि नगरले आधुनिक शहरको रुप लिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

यसैबीच आज बिहान मन्त्री पौडेललाई काँग्रेस कार्यकर्ताले कालो झण्डा देखाएका थिए । राजधानीसँग पद साटेको भन्दै उनीहरुले कालो झण्डा देखाएका हुन् ।

काँग्रेसले कालो भण्डा देखाएकोमा नेकपा रुपन्देहीले भने विरोध जनाएको छ ।