
फाइल तस्वीर ।
काठमाडौं, मंसिर १० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तर्राष्ट्रियस्तरमा प्रयोगमा आउने कोरोनाभाइरसविरुद्धको खोप नेपालमा पनि प्रयोग गर्ने प्रक्रिया अगाडि बढेको जनाएको छ ।
विदेशमा आधिकारिता प्राप्त गरेका खोप विश्व स्वास्थ्य संगठनको अभियानअन्तर्गत् नेपालले सुरुआती चरणमा नेपालको कुल जनसंख्याको २० प्रतिशत व्यक्तिका लागि प्राप्त गर्ने जनाइएको छ ।
संगठनले अल्पविकसित देशहरुमा निःशुल्करुपमा २० प्रतिशत व्यक्तिका लागि खोप प्रदान गर्ने मुलुकमा नेपाल पनि छनोट भएको मन्त्रालयले जनाएको छ ।
यसै विषयमा मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीसँग गरिएको कुराकानी भिडियोमा हेर्नुहोस् ।
प्रतिक्रिया दिनुहोस्