१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


पोखरामा राजावादीहरुको बृहत् प्रदर्शन


0
Shares

पोखरा, मंसिर १० । हिन्दुराष्ट्र पुनःस्थापनालगायतका माग गर्दै बुधबार पोखरामा राजावादीहरुले र्‍याली निकालेका छन् ।

कोरोना संक्रमणको बेवास्ता गदै ‘नेपाली जनता जागौं, राजा ल्याऔं, देश र धर्मको रक्षा गरौं’ भन्ने नाराका साथ मोटरसाइकल र कार र्‍याली पोखराबजार परिक्रमा गरी मानवअधिकार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

र्‍यालीले पोखराको ट्राफिक व्यवस्था बुधबार दिनभर अस्तव्यस्त भएको थियो ।

कोणसभामा बोल्दै शिवसेनाका अध्यक्ष अनिल बस्नेतले नेपाली जनतालाई राजतन्त्र नभइ मुलुक बाँच्दैन भन्ने लागेको बताउनुभयो ।

उहाँले गणतन्त्र असफल भएको भन्दै नेपाली जनता सडकमा आएको जिकिर गर्नुभयो ।

अध्यक्ष बस्नेतले देशमा भएको भ्रष्टाचार, अन्याय, अत्याचारका विरुद्ध जनता सडकमा आएको बताउनुभयो ।

राजवादीहरुले कार्यक्रमको आयोजना गरेपछि कास्की प्रहरीले पोखराको सुरक्षा व्यवस्था कडा पारेको थियो ।