१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


यी हुन् फिफा ‘द बेस्ट’ अवार्डको मनोनयनमा परेका खेलाडी


0
Shares

काठमाडौं, मंसिर १० । ‘फिफा’ले वर्ष खेलाडी अवार्डको मनोनयन सार्वजनिक गरेको छ ।

बुधबार फिफाले सार्वजनिक गरेको मनोनयनको पुरुषतर्फ साविक विजेता लियोनल मेसीसहित ११ खेलाडी परेका छन् ।

मनोनयनमा मेसीसँगै क्रिस्टियानो रोनाल्डो, केलियन एम्बाप्पे, नेयमार, सादियो माने, सर्जियो रामोस, मोहम्मद सलाह, भिर्जिल भान डाइक, रोबर्ट लेवान्डोस्की, केभिन डी ब्रुने र थियागो परेका छन् ।

‘बेस्ट गोलकिपर’ अवार्डका लागि पुरुषतर्फ एलिसन बेकर, थिबाउट कोर्टुवा, केइलर नाभास, म्यानुएल नोएर, जान ओब्लाक र मार्क टेर स्टेगन मनोनयनमा परेका छन् ।

महिलातर्फ लुसी ब्रोन्ज, डेल्फिन कासकारिनो, कारोलिन ग्राहम, पेर्नीले हार्डर, जेनिफर हेर्मोसोलगायत मनोनयनमा परेका छन् ।

यस्तै ‘द बेस्ट’ प्रशिक्षकको मनोनयनमा जिनेदिन जिदान, योर्गेन क्लोप, मार्सेलो बिएस्ला, हान्सी फ्लिक र जुलेन लोपेटेगुइ परेका छन् ।

फिफाले विजेताको नाम आउँदो डिसेम्बर १७ तारिखमा घोषणा गर्नेछ ।