१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


क्रिकेट कप्तान ज्ञानेन्द्रलाई कोरोना संक्रमण, ‘क्यान’ले गोप्य राख्यो रिपोर्ट


0
Shares

काठमाडौं, मंसिर १० । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोनाभाइरसको संक्रमण भएको छ ।

ज्ञानेन्द्रले बुधबार सामाजिक सञ्जाल फेसबुकबाट आफूलाई कोरोना भएको जनाएका हुन् ।

उनले आफूलाई कुनै लक्षण नदेखिएको बताएका छन् ।

मंगलबार बन्द प्रशिक्षणमा बोलाइएका २२ खेलाडीमध्ये १६ खेलाडीको ‘पीसीआर’ परीक्षण गरिएको थियो । १६ खेलाडीको रिपोर्ट भने नेपाल क्रिकेट संघ (क्यान)ले गोप्य राखेको छ ।

अन्य खेलाडी र ‘स्टाफ’लाईसमेत कोरोना लागेको स्रोतको दाबी छ ।

क्यानले नौ महिनाको विश्रामपछि बिहीबारबाट बन्द प्रशिक्षण सुरु गर्ने भनिएपनि कप्तान नै संक्रमित भएपछि प्रशिक्षण अन्योलमा परेको छ ।

https://www.facebook.com/gyanendra.malla.92/posts/3927594843937058