१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सिन्धुलीको जुनार काठमाडौंका घरघरमा पुर्‍याइने


0
Shares

काठमाडौं। तीनकुनेस्थित हिलटप बहुउद्देश्यिय सहकारी संस्थाले सिन्धुलीको जुनार काठममाडौंमा घरघर पुर्‍याउने भएको छ ।

संस्थाले महाभारत क्षेत्रमा उत्पादित ‘ए’ ग्रेडको रसिलो बिक्रीका लागि काठमाडौं ल्याएको हो ।

हिलटपको केन्द्रीय कार्यालयमा रहेको सहकारी पसलबाट जुनार बिक्री गर्ने छ ।

सहकारीका अध्यक्ष बासुदेव घिमिरेका अनुसार अनलाइनमार्फत अर्डर लिएर जुनार घरघर पुर्याइने छ ।

घरमै जनार मगाउन न्यूनतम १० किलो जुनार अर्डर गर्नु पर्ने घिमिरेले बताए ।

न्यूनतम १० किलो अर्डर गरे संस्थाले निःशुल्क ढुवानीको व्यवस्था मिलाउने छ ।

सहकारीले प्रतिकेजी एक सय रुपैंयााँन जुनार घरघरमा पुर्‍याउने भएको हो ।

सहकारीले पसलबाट सातामा सोमबार, बुधबार र शुक्रबार प्राङ्गारिक तरकारीसमेत उपलब्ध गराउने अध्यक्ष घिमिरेले जानकारी दिए ।