
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कसैलाई एक्लो महशुस गर्न नदिने बताउनुभएको छ ।
सामाजिक सुरक्षा दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सरकार साथमा रहेकाले अनाथ वा सहाराविहीन भएँ भन्नु नपर्ने उल्लेख गर्नुभयो ।
अनाथ वा सहाराविहीन हुनु दुःखको कुरा हुने भन्दै प्रधानमन्त्री ओलीले योगदानमा आधारीत सामाजिक सुरक्षा अवधारणा सुरू गरिसकिएको पनि बताउनुभयो ।
समाजका कोही पनि सदस्य सुरक्षा नपाएर त्रसित भएर जीवनयापन गर्न नपरोस् भनेरै यस्ता कार्यक्रम लागू गरिएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
सरकार सुशासन र विकास अभियानमा अगाडि लम्किरहेको उहाँको दावी छ । देश र जनताप्रति निष्ठा भएको सरकारले कसैलाई पनि एक्लो नछोड्ने र एक्लो महशुस गर्न नदिने प्रधानमन्त्री ओलीको प्रतिवद्धता छ ।
सरकारले हरेक वर्ष मंसिर ११ गते सामाजिक सुरक्षा दिवस मनाउने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्