१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ट्राफिक प्रहरीको नेतृवमा साइकल यात्रा सुरु


0
Shares

झापा । पर्यटन प्रवद्र्धन र दुर्घटना न्यूनिकरणका लागि सन्देश प्रवाह गर्ने उद्देश्यले प्रदेश १ ट्राफिक प्रहरीको नेतृवमा साइकल यात्रा सुरु गरिएको छ ।

कोरोना संक्रमणका कारण जारी लकडाउनका कारण फेरिएको आम सर्वसाधारणको दैनिकीमा परिवर्तन ल्याउन र आन्तरिक पर्यटन प्रवद्र्धनका लागि भन्दै प्रहरी उपरीक्षक सञ्जिव शर्माको नेतृत्वमा इलामको श्रअन्तुसम्म साइकल यात्रा तय गरीएको छ ।

विश्व साइकलयात्री पुस्कर शाहसहित २५ जनाको टोली साइकल यात्रामा इलाम गएको छ ।

विश्व साइकल यात्री पुस्कर साहाले तीन साता अघि महाकालीबाट सुरु गरेको साइकल यात्रालाई ट्राफिक प्रहरी उपरीक्षक शर्माले समर्थन जनाएर आफैं साइकल यात्रामा निस्किनुभएको हो ।

सवारी दुर्घटना न्यूनीकरणका लागि प्रदेश ट्राफिक प्रहरी कार्यालय सुनसरीले विभिन्न अभियानहरु पनि सञ्चालन गर्दै आएको छ ।