१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नयाँ दिल्लीमा कोरोना विरुद्धको खोप उपलब्ध नभएसम्म विद्यालय नखुल्ने


0
Shares

काठमाडौं । भारतको नयाँ दिल्ली प्रदेशमा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध नभएसम्म सम्पूर्ण विद्यालय बन्द रहने भएका छन् ।

दिल्ली प्रदेशका उप–मुख्यमन्त्री तथा शिक्षा मन्त्री मनिष सिसोडियाले खोप नआएसम्म विद्यालयहरू खोल्न ठिक नहुने बताउनु भएको छ ।

भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा गत मार्च १६ देखि सबै विद्यालयहरू बन्द छन् । कोरोना भाइरसको महामारी फैलिएसँगै सरकारले विद्यालय बन्द गराएको हो ।

भारतका कतिपय प्रदेशहरूले विद्यालय खोल्ने निर्णय गरेपनि दिल्ली प्रदेशले भने बन्दलाई अझै कायमै राख्ने निर्णय गरेको छ ।

नयाँ दिल्लीमा मात्रै अहिलेसम्म कोरोना भाइरसबाट पाँच लाख ४० हजार ६ सय बढ संक्रमित भएका छन् भने ८ हजार ६ सय ५० बढीको मृत्यु भइसकेको छ ।

दिल्ली प्रदेश भारतमा कोरोना भाइरसबाट धेरै प्रभावित छ प्रदेश मध्ये एक हो ।

भारतभर हाल कोरोना संक्रमितको संख्या ९२ लाख ६६ हजार ६ सय नाघेको छ भने हालसम्म कोरोनाका कारण १ लाख ३५ हजार २ सय बढीको मृत्यु भइसकेको छ । एजेन्सी