
चितवन, मंसिर ११ । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित पृथ्वी राजमार्गको नाग्दी खोलाबाट पिकअप भ्यान त्रिशूली नदीमा खस्दा दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भ्यानचालक प्यूठानको झिमरुक गाउँपालिका–१ का सूर्य केसी र भ्यानमा सवार जमुना रोक्का रहेको प्रहरीले जनाएको छ ।
जमुना रोक्काकी १५ वर्षीया छोरी जिनिसा भने अझै बेपत्ता रहेकी छन् ।
प्यूठानबाट बिरामी लिएर काठमाडौंतर्फ आइरहेको लु१च ९७३१ नम्बरको पिकअप भ्यान बिहीबार बिहान साढे ५ बजेतिर सडकबाट करिब ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्य थापाले जानकारी दिनुभयो ।
गाडीमा सवार मुकुन्दबहादुर रोक्का भने पौडिएर बाँचेको प्रहरीले जनाएको छ ।
पिकअप भ्यान नदीमा नदेखिने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बेपत्ता बालिकाको खोजी गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्