
काठमाडौं, मंसिर ११ । संसदीय सुनुवाइ समितिले संवैधानिक आयोगमा रहेका रिक्त पदमा पदपूर्ति गर्न निर्देशन दिएको छ ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदमा पदपूर्ति गर्न निर्देशन दिएको हो ।
समितिका सभापति लक्ष्मणलाल कर्णले संवैधानिक आयोग, निकायमा पदपूर्ति नभए संविधान नै पूर्ण नहुने भन्दै संविधान पालनाका लागि पनि आयोगले पूर्णता पाउनुपर्ने बताउनुभयो ।
यस्तै, समितिले समावेशी ऐन निर्माणका लागि संसदमा विधेयक ल्याउन पनि सरकारलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्रीको तर्फबाट बैठकमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संवैधानिक परिषद्को बैठक बस्न बहुमत नपुग्दा नियुक्तिमा ढिलाइ भएको बताउनुभयो ।
तर, समितिले भने बहुमत पुग्ने वा नपुग्ने विषय व्यवस्थापिकाको नभइ कार्यपालिकाकै भएको भन्दै रिक्त पदमा अविलम्ब पदपूर्ति गर्न निर्देशन दिएको छ ।
प्रधानमन्त्री अनुपस्थित
बिहीबार बसेको समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित हुनुभएको छ ।
संवैधानिक आयोगमा रिक्त पदपूर्तिलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीलाई समितिले बिहीबारको बैठकमा बोलाएको थियो ।
त्यस्तै, समावेशी ऐन निर्माणका लागि संसद विधेयक ल्याउन पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।
बिहीबारको बैठकले पनि प्रधानमन्त्री ओलीलाई समितिको बैठकमा उपस्थिति हुन पुनः आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्