
तस्वीरः प्रधानमन्त्रीको सचिवालय ।
काठमाडौं, मंसिर ११ । प्रधानमन्त्री केपी शर्मा ओलीसित भारतका विदेशसचिव हर्षवर्द्धन श्रृंगलाले शिष्टाचार भेट गर्नुभएको छ ।
बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर श्रृंगलाले प्रधानमन्त्री ओलीसित भेट गर्नुभएको हो ।
यसअघि, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसित उहाँले शिष्टाचार भेट गर्नुभएको थियो ।
त्यसअघि, काठमाडौंमा नेपाल र भारतका परराष्ट्रसचिवस्तरीय बैठक सम्पन्न भएको थियो ।
परराष्ट्रसचिवस्तरीय बैठकका लागि भारतीय विदेशसचिव श्रृंगला बिहीबारै काठमाडौं आउनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्