
चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती वनमा गैँडाको बच्चा मृत फेला परेको छ ।
पूर्वी नवलपरासीको कावासोतीमा रहेको नमूना मध्यवर्ती सामुदायिक वनमा ५ महिनाको बच्चा मृत भेटिएको हो ।
भाले गैंडाको आक्रमणबाट बच्चा मरेको हुन सक्ने निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
मृत बच्चाको ब्रम्हखाग र खुर सुरक्षित रहेको छ । यो सँगै यस आर्थिक बर्ष २०७७/०७८ मा मृत्यु हुने गैँडाको सख्या १५ पुगेको छ ।
पछिल्लो समय विभिन्न कारणबाट गैंडा मर्ने क्रम बढे पछि सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छ्न ।
चोरी शिकारीबाट गैँडाहरु मरेपनि मानिसहरु पक्राउ परेका छैनन् भने प्राकृतिक कारणबाट अधिक गैँडा मरेपछि कारण पत्ता लगाउन गठित समितिले बुझाएको प्रतिवेदन निकुञ्जले अझै सार्वजनिक गरेको छैन ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैँडा गणनाका लागि एक करोड १० लाख ३५ हजार रकम बजेट समेत विनियोजन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्