
काठमाडौं । पूर्व प्रधानमन्त्री एंव जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्र आधुनिक नेपालरूपी खाटका ४ खुट्टा भएको बताउनुभएको छ ।
यी मध्ये कुनै एक खुट्टा भाचिच्दा पुरै खाट लड्ने उहाँले बताउनुभयो । शुक्रबार ट्विट गर्दै डा भट्टराइले यो वैज्ञानिक तथ्य विभिन्न पार्टीभित्र रहेका छद्म राजावादी, एकल धर्मवादी, संघीयता विरोधीहरूले वेलैमा बुझून् भन्नुभएको छ ।
उहाँले आजै गरेको अर्को ट्विटमा पूर्व राजा र राजावादीहरूले अरू जेसुकै दावी गरे पनि आफुलाई’राष्ट्रवादी’चैं नभनून् भनेर लेख्नुभएको थियो ।
पछिल्लो समय देशका विभिन्न ठाउँमा भएको राजावादीहरुको प्रदर्शनप्रति इंगित गदै उहाँको यस्तो भनाई आएको हो ।
उहाँले धर्मको राजनीति देशबाहिर कस्ले गरिरहेको छ र त्यसको सालनाल कसरी जोडिएको छ नेपाली जनताले बुझेका छैनन् भन्ने नठान्न समेत चेतावनी दिनुभएको छ ।
नेपालमा गणतन्त्रको जग हल्लिदा आउने अस्थीरताबारे सोच्न समेत उहाँले सुझाउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्