१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कञ्चनपुरमा घाँटीमा तार बेरेर युवाको हत्या


0
Shares

कञ्चनपुर । कञ्चनपुरमा घाँटीमा तार बेरेर हत्या गरिएको अवस्थामा एक जनाको शव फेला परेको छ ।

महेन्द्रनगर बजारस्थित भानु पार्टी प्यालेस नजिक घाँटीमा नेपाल टेलिकमको तार बेरेर हत्या गरिएको अवस्थामा एक जना युवकको शव फेला परेको हो ।

भीमदत्त नगरपालिका ४ पूर्वपश्चिम राजमार्ग छेउमा घाँटीमा तार बेरिएको अवस्थामा अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले जानकारी दिनुभयो ।

शवको अहिलेसम्म पहिचान हुन सकेको छैन । नेपाल टेलिकमको पोलबाट तानिएको तार घाटीमा बेरिएको अवस्थामा रहेकाले युवकलाई हत्या गरिएको हुनसक्ने अनुमान गरिएको छ ।