
काठमाडौं । इंग्लीश फुटबल क्लबहरु आर्सनल र लेष्टर सिटी युरोपा लिग फुटबलको नक आउट चरणमा उक्लेका छन् ।
गएराति नर्वेमा भएको खेलमा घरेलु टोली मोल्डेलाई ३–० ले हराएको आर्सनल समुह ‘बी’ मा सतप्रतिशत जितको परिणामसहित नक आउट चरणमा पुगेको हो ।
समुहमा ४ खेलबाट आर्सनलको १२ अंक छ भने मोल्डे र र्यापिड वेइनको ६–६ अंक भएको छ ।
उता समुह ‘जी’ को खेलमा पोर्चुगलको एफसी ब्रागासँग ३–३ गोलको बराबरी खेलेको लेष्टर सिटी पनि नक आउट चरणमा उक्लिएको छ ।
अर्को इंग्लीश क्लब टोटनह्याम हट्सपर भने बुल्गेरियाको लुदोगोरेट्स राज्गार्डलाई ४–१ ले हराएपनि अर्को चरणमा उक्लिन सकेन ।
अर्को चरणमा प्रवेश गर्न टोटनह्यामले अब बाँकी रहेका दुई खेलमध्ये कम्तिमा १ खेल जित्नुपर्ने हुन्छ ।
गएरातिकै खेलहरुमा रोमानियाको सीएफआर क्लुजलाई २–० ले हराउँदै इटालीको ए.एस रोमा तथा चेक गणतन्त्रको एफसी स्लोभानलाई हराउँदै जर्मनीको होफेनहाइम पनि प्रतियोगिताको नक आउट चरणमा उक्लिएका छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्