१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तातोपानी नाकाबाट ४० फिटे कन्टेनरमा सामान आउन थाल्यो


0
Shares

सिन्धुपाल्चोक । नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी सुख्खा बन्दरगाहसम्म ४० फिटे कन्टेनरमा सामान ल्याउन सुरु गरिएको छ ।

बुधबारबाट ४० फिट लामो चिनियाँ कन्टेनरले पहिलो पटक नेपाली भूमिसम्म सामग्री ल्याएका छन् ।

चिनियाँ पक्षले ४० फिटे कन्टेनरमा सामान आयात गर्न भनेपछि नेपाली व्यवसायीले सामान ल्याउन सुरु गरेका हुन ।

चीनबाट आएका ४० फिटे कन्टेनरलाई बन्दरगाहमा आएपछि छुट्टाएर दुईवटा बनाइ काठमाडौं पठाउन थालिएको भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो ।

मितेरी पुलबाट काठमाडौंसम्म आउने बाटो सांगुरो र विग्रेका कारण ४० फिटे कन्टेनरलाई सोझै काठमाडौं पठाउन नसकिएको खत्रीले बताउनुभयो ।

पटकपटक बन्द हुँदै खुल्दै गरेको नेपाल–चीनबीचको उत्तरी नाका तातोपानीको मितेरी पुलसम्म चिनियाँ पक्षले सामग्री ल्याएको हो ।

चिनियाँ तीन कन्टेनरले सिल्क टान्सपोर्ट मार्फत नेपालसम्म सामान ल्याएका हुन् । पटक पटकको अवरोधपछि पुनः सुचारु भएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

नाका संचालनका विषयमा नेपाल–चीनबीचको छलफलमा चीन पक्षले कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य सुरक्षा सावधानीबारे पटकपटक चासो व्यक्त गरेको प्रमुख खत्रीले बताउनुभयो ।