
काठमाडौं, साउन १६ । साहित्यकार एवं सन्चारकर्मी स्व. दाहाल यज्ञनिधिको प्रथम स्मृतिसभाका अवसरमा उनको योगदानको चर्चा गरिएको छ ।
बिहीबार काठमाडौंमा गरिएको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाली भाषा, साहित्यमा दाहालले पुर्याएको योगदानको चर्चा गरे ।
शारीरिक अस्वस्थताको समयमा पनि गणतन्त्र स्थापनाका लागि दाहालले उल्लेख भूमिका खेलेको मन्त्री पोखरेलको भनाइ थियो ।
कार्यक्रममा स्व. दाहालको जीवनी समेटिएको वृत्तचित्रसमेत प्रदर्शन गरिएको थियो ।
६५ वर्षको उमेरमा दाहालको २०७५ साउन २५ गते मस्तिष्काघातका कारण निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्