१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अष्ट्रेलियाले भारतलाई ६६ रनले हरायो


0
Shares

काठमाडौं, मंसिर १२ । अष्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा भारतले कमजोर प्रदर्शन गरेको छ ।

शुक्रबार सिड्नीमा भएको खेलमा भारत ६६ रनले पराजित भयो ।

खेलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित् ५० ओभरमा ६ विकेटको क्षतिमा ३७४ रन बनाएको थियो ।

कप्तान आरोन फिन्चले ११४ तथा स्टेभेन स्मिथले १०५ रन बनाएको इनिङ्समा ओपनर डेभिड वार्नरले ६९ रन जोडे ।

भारतका मोहम्मद शामीले सर्वाधिक ३ विकेट लिए । युझभेन्द्र चहालले १ विकेट लिएर कीर्तिमानी ८९ रन दिए ।

जवाफमा भारतले ५० ओभरमा ८ विकेटको क्षतिमा ३०८ रनमात्र बनाउन सक्यो । हार्दिक पाण्डेयाले ७६ बलमा ९० तथा शिखर धवनले ७४ रन बनाएपनि टिमलाई जिताउन सकेनन् ।

अष्ट्रेलियाका एडम जम्पाले ४ तथा जोश हाज्लेउडले ३ विकेट लिए ।

हारसँगै २८९ दिनपछि पहिलोपटक मैदानमा उत्रिएको भारत तीन खेलको शृंखलामा १–० लेपछि परेको छ । यो खेलमा ५० प्रतिशत दर्शक रंगशालामा जान पाएका थिए ।

दोस्रो खेल आउँदो आइतबार सिड्नीमै हुनेछ ।