
ताप्लेजुङ । खानेपानीको उचित व्यवस्थापन नहुँदा ताप्लेजुङ सदरमुकामबासी बर्षाको धमिलो पानी पिउन बाध्य भएका छन् ।
हरेक वर्ष जस्तै यो वर्ष पनि फुङलिङबासी वर्षाको धमिलो पानी पिउन बाध्य भएका हुन ।
वर्षौदेखि उपभोग गर्दै आएको खानेपानीको मुहान व्यवस्थित र दिगो नभएकाले वर्षाको समयमा धमिलो तथा फोहोर पानी आउने गरेको छ ।
हिउँद र बर्षात दुबै समय फोहोर र भल मिसिएको पानी उपभोग गर्नु पर्दा स्वास्थ्यमा समस्या आएको स्थानीयले बताएका छन् ।
खोल्साको पानीलाई जम्मा गरेर सदरमुकाममा वितरण गरिदै आएको उनीहरुले गुनासो गरेका छन् ।
नजिकै धारा तथा कुवा हुनेले बोकेर पिउँदै आए पनि अन्यले भने धमिलो पानीलाई उमालेर वा फिल्टर गरेर पिउने गरेका छन् ।
पानी उमालेर पिउँदा पनि स्वास्थ्यमा समस्या आउने गरेको स्थानीयको भनाई छ ।
वर्षेनी धमिलो पानी पिउँदै आएका सदरमुकामबासीले यसको उचित व्यवस्थापन र विकल्पका बारेमा कोही पनि गम्भीर नभएको गुनासो गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्