२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


परमाणु वैज्ञानिकको हत्याप्रति इरान आक्रोशित, बदला लिने चेतावनी


0
Shares

काठमाडौं । इरानको शीर्ष परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्याप्रति दुःख व्यक्त गर्दै इरानले हत्याको बदला लिने चेतावनी दिएको छ ।

इरानका विदेशमन्त्री मोहमद जवाद जरीफले घटनाप्रति निन्दा गर्दै यसमा इजरायलको हात रहेको दावी गर्नुभएको छ ।

उहाँले इरान आतंकवादीको शिकार बन्दा एक महत्वपूर्ण व्यक्ति गुमाएर आफ्नो देश शोकमा डुबेको प्रतिक्रिया दिनुभएको छ ।

यसैबीच इरानी सेनाले घटनामा जो केही संलग्न रहेपनि बदला लिएरै छोड्ने चेतावनी दिएको छ ।

इरानको रेबोल्सुनरी गार्डका मेजर जनरल हुसैनले फखरीजादेहको हत्या गरी आधुनिक विज्ञानमा आँच पु¥याउने कार्य भएको भन्दै बदला लिने चेतावनी दिएको हो ।

इरानको तेहरानस्थित अवसार्ड शहरमा इरानको शीर्ष परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहका हतियारधारी आतंकवादीको हमलामा मारिएका हुन् ।

हातियारधारी आतंकवादी समूह र फखरीजादेहका अंगरक्षकबीच दोहोरो झडपका क्रममा गम्भीर घाइते भएका र उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

घटनामा चार जना बन्दुकधारी पनि मारिएका छन् । इरानको परमाणु हतियार निर्माता मोहसिन फखरीजादेह इरानको परमाणु बमका पिताको रुपमा परिचित थिए ।

यसअघि सन् २०१० र सन् २०१२ मा इरानका चार परमाणु वैज्ञानिककोे हत्या भएको थियो ।

जसमा इरानले इजरायललाई जिम्मेवार ठहाराएको थियो । इजरायलले भने मोहसिन फखरीजादेहको हत्याप्रति कुनै प्रतिक्रिया दिएको छैन ।