१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


न्युकासल युनाईटेडले क्रिस्टल प्यालेसलाई पराजित गर्‍यो


0
Shares

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाईटेडले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा न्युकासलले क्रिस्टललाई २–० गोल अन्तरले पराजित गरेको हो ।

अबे मैदानमा भएको खेलको अन्तिम समयमा भएका दुई गोल नै निर्णायक बनेका हुन् ।

न्युकासललाई जित दिलाउन कलुम विल्सन र जोलिनटनले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको अन्तिम तीन मिनेट भित्र दुई गोल गर्दै न्युकासलले जित निकालेको हो ।

खेलको ८८ औं मिनेटमा विल्सनले गोल गर्दै क्रिस्टललाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ९० औं मिनेटमा जोलिनटनले गोल गर्दै न्युकासललाई २–० को जित दिलाए ।

उनको यो पहिलो प्रिमियर लिग गोल हो । जितसँगै न्युकासलले १० खेलमा १४ अंक जोडेको छ ।

न्युकासल दसौं स्थानमा उक्लिएको छ । क्रिस्टल १३ अंक जोडेर १३ औं स्थानमा झरेको छ ।