
रुकुम । रुकुम पश्चिमको आठबिसकोटमा शुक्रबार बेलुका जिप दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ ।
आठबिसकोट नगरपालिका ८ दाजेमा जन्ती बाकेको रा १ ज ५८९ नम्बरको जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेहरूमा सोही वडा निबासी ५१ वर्षीय कालिमान नेपाली, ४८ का आईते नेपाली ५१ का गोरे नेपाली र ६६ वर्षीय सार्की नेपाली रहेका छ्न ।
त्यस्तै लाल बहादुर नेपाली गम्भीर घाइते भएका छ्न ।
गाडी चिप्लिएर १ सय मिटर तल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएस्पी ठग बहादुर केसी जानकारी दिनुभयो । गाडी चालक डिल्ली बहादुर नेपाली भने फरार भएका छ्न ।
प्रतिक्रिया दिनुहोस्