२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेकपा सचिवालको बैठक : दाहालको पत्रको जवाफ दिने तयारीमा प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।

बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दस्तावेजको जवाफ दिने तयारी गर्नुभएको छ ।

दाहालले यसअघिको बैठकमा १९ पृष्ठ लामो दस्तावेज प्रस्तुत गरेसँगै नेकपाको विवाद थप चुलिएको हो । दाहालले दस्तावेजमा ओलीको प्रश्नको जवाफसमेत समेट्नएको थियो ।

दाहालको पत्रलाई प्रधानमन्त्री ओलीले आरोपपत्रको संज्ञा दिनुभएको छ । प्रधानमन्त्री ओलीले आफ्नो राजनीतिक जीवन नै सिध्याउने गरी ल्याइएको आरोपत्रलाई अस्वीकार गर्नेसमेत यसअघि नै बताइसक्नुभएको छ ।

उहाँले आरोपत्रलाई खारेज गर्दै लिखित रुपमा जवाफ दिने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले सचिवालयमा प्रस्तुत गर्ने प्रस्ताव तयार भइसकेको ओली निकटका नेताहरुले बताएका छन् ।

प्रस्ताव फिर्ता लिन पटक पटक ओली पक्षले आग्रह गरे पनि दाहालले अस्वीकार गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आफू निकटका नेताहरुमार्फत दाहाललगायत विभिन्न नेतालाई प्रस्ताव फिर्ता लिएर दुवै अध्यक्षले संयुक्त प्रस्ताव पेश गर्न आग्रह गर्नुभएको थियो ।

तर नेताहरुले आफूहरुको प्रस्ताव बैठबकमै छलफल हुनुपर्ने अडान राखेका छन् ।